काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन सुन २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मुल्य तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार













प्रतिक्रिया