काठमाडाैं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ४ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा काराेबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा चार हजार ८ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार ९ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया