काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ। संस्थाले विज्ञप्ति जारी गर्दै आफ्नो नाममा कुनै पनि युवा वा खेलकुदसम्बन्धी कार्यक्रम आयोजना नभएको जनाएको हो।

विज्ञप्तिमा एनआरएनए अमेरिकाको नाम प्रयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन भइरहेको तथा मानव तस्करी जस्ता गम्भीर गैरकानुनी गतिविधिमा संलग्न भएको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको उल्लेख गरिएको छ। यस्ता गतिविधि संस्थाको जानकारी, स्वीकृति वा आधिकारिक निर्णयबिनै केही व्यक्ति वा समूहले एनआरएनए अमेरिकाको नाम र वेबसाइट दुरुपयोग गरी सञ्चालन गरिरहेको विज्ञप्तिमा दाबी गरिएको छ।

एनआरएनए अमेरिकाले आफू संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको स्पष्ट गर्दै संस्थाको नाम, इआइएन तथा डिजिटल पहिचानको दुरुपयोगले गम्भीर कानुनी, आर्थिक र प्रतिष्ठागत जोखिम निम्त्याउने चेतावनी दिएको छ। संस्थासँग असम्बन्धित गतिविधिहरूलाई एनआरएनए अमेरिकासँग जोड्ने प्रयास हुँदा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले यस विषयमा सार्वजनिक रूपमा स्पष्ट धारणा राख्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com