काठमाडौं । नेपाली काँग्रेसको सम्भावित विभाजन रोक्न अन्तिम कसरत जारी छ । यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले पठाएका सम्भावित सहमतिका प्रस्तावहरू डा. शेखर कोइरालाले शेरबहादुर देउवालाई बुझाएका छन् ।
नेता कोइराला उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित देउवा निवास पुगेर फर्किएका छन् । उनीहरूले विशेष महाधिवेशन पक्षधरहरूले न्यूनतम सहमतिका लागि बुझाएका प्रस्तावमा सकारात्मक बन्न र पार्टी एकता जोगाउन सभापति देउवालाई दबाब दिएका छन् ।
‘सहमतिका लागि केही प्रस्ताव छन् । त्यो प्रस्ताव शेखरदाईले सभापतिलाई दिनुभएको छ । सभापतिले तत्काल छलफल गरेर के गर्न सकिन्छ भन्छु भन्नुभएको छ’, भेटमा सहभागी नेताले नेपाल भने । उनले सहमतिको वातावरण बिग्रन सक्ने भन्दै विशेष महाधिवेशन पक्षधरले पठाएको प्रस्ताव खुलाउन भने चाहेनन् । ‘प्रस्तावमा के छ नसोध्नुस् । ५-६ वटा बुँदा छ’, ती नेताले भने ।
शेखरसँगको भेट लगत्तै देउवाले संस्थापन पक्षका नेताहरूसँग छलफल सुरु गरेका छन् ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार













प्रतिक्रिया