काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्रले पुरानो निर्वाचन समिति भंग गर्दै पाँच सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्। सोमबार पारित कार्यविधिअनुसार निर्वाचनसम्बन्धी निर्देशिका तय गरी नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

advertisement

महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल भइरहेको छ। सोमबार बन्द सत्रमा ती समूहहरूको छलफल सुरु भएको थियो।

विशेष महाधिवेशन पक्षका नेता मनोजमणि आचार्यका अनुसार मंगलबार बन्द सत्रमा नौवटै समूहका टोली नेताले निष्कर्ष प्रस्तुत गर्नेछन्, त्यसपछि नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com