काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली नेपाल आउने भएको छ। स्रोतका अनुसार तीन सदस्यीय प्रतिनिधिमण्डल आगामी हप्ता तीनदिने भ्रमणका लागि काठमाडौँ आइपुग्नेछ।
नेपालको राजनीतिक अवस्था पछिल्ला दिनहरूमा तरल र संवेदनशील मोडमा प्रवेश गरेको सन्दर्भमा हुन लागेको यस भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ। भ्रमणका क्रममा टोलीले नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ।
चीनले हालैका राजनीतिक घटनाक्रमपछि नेपालमा पश्चिमा शक्तिहरूको प्रभाव बढेको आँकलन गर्दै आएको छ। यही पृष्ठभूमिमा चीनले नेपालका सबै राजनीतिक दलहरूसँग सन्तुलित र समान सम्बन्ध कायम राख्न चाहेको सन्देश पुनः स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
उक्त भ्रमणले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय राजनीति तथा आपसी सहकार्यका विषयमा महत्वपूर्ण संवादको वातावरण बनाउने विश्वास लिइएको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया