एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको मथुरामा एक अनौठो घटना घटेको छ। मथुराका ई–रिक्सा चालक दीपक सर्पले डसेपछि उपचारका लागि अस्पताल पुगे, तर उनी समयभन्दा पहिले सर्पलाई समात्नमा लागे।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपकलाई सोमबार सर्पले डसेको थियो। उनले डस्ने सर्पलाई जिउँदै समातेर जिल्ला अस्पतालको आकस्मिक उपचार कक्षमा लगे। दीपकका अनुसार, “कुन सर्पले डसेको हो भन्ने थाहा पाएपछि उपचार सहज हुन्छ भन्ने सुनेको थिएँ, त्यसैले सर्प बोकेर आएँ।”

advertisement

तर अस्पतालमा सर्प बोकेर आएको देखेपछि माहोल केहीबेर त्रसित भएको थियो। चिकित्सकले सर्पलाई सुरक्षित स्थानमा राखेर आउन आग्रह गरे। त्यसपछि दीपकले अस्पताल नजिकै सडकमा आफ्नो ई–रिक्सा रोक्दै सर्पलाई केहीबेर सम्हालेका थिए।

पछि प्रहरीको सहायता लिएर उक्त सर्पलाई नजिकैको जंगलमा छोडियो। चिकित्सकका अनुसार दीपकको उपचार सुरक्षित रूपमा सम्पन्न गरिएको छ र उनको अवस्था अहिले सामान्य रहेको जनाइएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com