काठमाडौं ।  सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी आयोजना गरेको छ।

गौशलाबाट सुरु भएको प्रभातफेरी मित्रपार्कमा सभामा परिणत भएको थियो। कार्यक्रममा सहभागीहरूले “सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार” जस्ता प्लेकार्ड र ब्यानर बोकेर सडक प्रयोगकर्तालाई सचेतनामूलक सन्देश दिएका थिए।

advertisement

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी चालकको लापरवाही र पैदलयात्रीको असावधानीका कारण दुर्घटनाको जोखिम बढिरहेको बताए। उनले भने, “हाम्रो लक्ष्य सवारी दुर्घटना शून्य बनाउनु हो। यसका लागि सवारी चालक मात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्छ। सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ।”

प्रभातफेरीमा काठमाडौँ–७ का वडाध्यक्ष विमलकुमार होडा, विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारण नागरिक, ट्राफिक प्रहरी र नेपाल प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो। वडाध्यक्ष होडाले सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनमा वडा कार्यालयले ट्राफिक प्रहरीसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • रासस

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com