एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षतिपूर्तिसहित दायर गरेको ५ अर्ब डलरको मानहानि मुद्दा खारेज गर्न बीबीसीले अदालतमा निवेदन दायर गरेको छ।

ट्रम्पले २०२१ जनवरी ६ मा दिएको भाषणलाई बीबीसीको ‘पानोरामा’ डकुमेन्ट्रीमा गलत रूपमा सम्पादन गरिएको आरोप लगाउँदै गएको महिना फ्लोरिडाको अदालतमा मुद्दा दायर गरेका थिए। उनले बीबीसीमाथि मानहानि गर्नुका साथै व्यापार अभ्याससम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।

advertisement

बीबीसीले सोमबार अदालतमा दायर गरेको निवेदनमा फ्लोरिडा अदालतसँग आफूविरुद्ध ‘व्यक्तिगत क्षेत्राधिकार’ नभएको, मुद्दा दायर गरिएको स्थान उपयुक्त नभएको र ट्रम्पले मानहानिको स्पष्ट आधार प्रस्तुत गर्न असफल भएको दाबी गरेको छ। बीबीसीले यसअघि सम्पादनका कारण भ्रम सिर्जना भएको स्वीकार गर्दै ट्रम्पसँग माफी मागेको भए पनि क्षतिपूर्ति तिर्नुपर्ने वा मानहानिको दाबी स्वीकार्न नसकिने जनाएको छ।

बीबीसीका अनुसार उक्त डकुमेन्ट्री अमेरिकामा प्रसारण नै गरिएको थिएन र यसले ट्रम्पको प्रतिष्ठामा क्षति पुर्‍याएको प्रमाण छैन। कार्यक्रम प्रसारणपछिसमेत ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएको र फ्लोरिडामा बहुमत प्राप्त गरेको तथ्यले आफूलाई क्षति नपुगेको पुष्टि हुने बीबीसीको तर्क छ।

त्यस्तै, डकुमेन्ट्री ब्रिटबक्समा प्रसारण भएको भन्ने ट्रम्पको दाबी पनि गलत भएको बीबीसीले जनाएको छ। बीबीसीले डकुमेन्ट्री द्वेषपूर्ण नियतका साथ प्रसारण गरिएको प्रमाण ट्रम्पले पेश गर्न नसक्ने समेत अदालतमा उल्लेख गरेको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com