काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अब निर्वाचनतर्फ मोडिएको छ। रातभरका वार्तामा सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फतै हुने भएको छ।

विशेष महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई मध्यनजर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए। उनले भने, “हाम्रो निर्वाचनको तालिका यथावत् छ। सहमति नजुटे हाम्रो कार्यक्रम अघि बढ्छ।”

advertisement

पोखरेलले सभापति देउवा नेतृत्व छोड्न तयार नभएको र विशेष महाधिवेशनको अपनत्व लिन संस्थापन तयार भए पनि त्यो आफूहरूका लागि स्वीकार्य नरहेको बताए। उनले देउवाले पार्टी नेतृत्व छोडेर व्यक्तिगत जीवनमा केन्द्रित हुनुपर्नेमा जोड दिए र अब निर्वाचन प्रक्रियामात्र बाँकी रहेको स्पष्ट पारे।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भएपछि बन्द सत्र समापन गरिएको छ। विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाका समेत तयार गरिरहेका छन्। बुधबार बिहान वार्ताका ढोका खुला राखिँदै निर्वाचन प्रक्रिया पनि अघि बढ्ने भएको छ। मनोनयन दर्ताका लागि बिहान ८:१५ देखि ९:१५ बजेसम्म समय थप गरिएको छ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com