काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने दाबी गरेका छन्।

पार्टीको केन्द्रीय समितिले कारबाही गरेपछि भृकुटीमण्डपमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दं महामन्त्री थापाले संविधान माथिको विश्वासका आधारमा आयोगले विशेष महाधिवेशनलाई मान्यता दिने बताएका हुन्।

advertisement

‘संविधानमाथि विश्वासको आधारमा कानुनमाथि विश्वासको आधारमा पार्टीको विधानमाथिको विश्वासको आधारमा यो विशेष महाधिवेशनले जे निर्णय गर्छ, नेपालको संविधान र निर्वाचन आयोगले उसैलाई मान्छ,’ उनले भने।

त्यसकारण पार्टीको झन्डा र चुनाव चिह्न के होला भनेर चिन्ता नलिन उनले आग्रह गरे।

‘यहाँ साथीहरूले झन्डा के होला, रूख के होला भन्ने चिन्ता लिनु पर्दैन,’ उनले भने,’ कांग्रेस दुइटा भए पो झन्डा के होला, रूख के होला भन्ने चिन्ता। यहीँ छ, यहीँ रहन्छ। कहाँ जान्छ? कसले लान्छ?,’ उनले भने।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com