काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिने भएको छ।
गत आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट केहीबेरमै नयाँ नेतृत्व सार्वजनिक गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा सहभागी पक्षहरूबीच सहमतिका आधारमा नयाँ कार्यसमिति चयनको तयारी अन्तिम चरणमा पुगेको छ।

यता पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने केन्द्रीय कार्यसमितिको बैठक बसेर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिसकेको छ।
उक्त निर्णयसँगै नेपाली कांग्रेस विभाजनको अवस्थासम्म पुगेको छ। एकातिर विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व घोषणा गर्ने तयारी गरिरहेका छन् भने अर्कोतर्फ देउवा समूहले गरेका कारबाहीका कारण पार्टीभित्रको विवाद थप चर्किएको छ।

advertisement

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com