रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले माघे संक्रान्ति देशका विभिन्न समुदायले आफ्ना–आफ्नै परम्परा र सांस्कृतिक विधिअनुसार मनाउँदै आएको महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन्। उनले थारु समुदायले माघलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहेको र मगर, यादवलगायत अन्य समुदायका लागि पनि यस पर्वको विशेष महत्व रहेको बताए।

advertisement

लुम्बिनी प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न रहेको उल्लेख गर्दै उनले यस विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै प्रदेशको पहिचान र शक्ति भएको धारणा व्यक्त गरे। प्रदेश सरकारले यस्ता सांस्कृतिक मूल्य र मान्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आर्थिक तथा सामाजिक विकास अघि बढाइरहेको पनि उनले बताए।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तिकरण गर्न सकिने उल्लेख गर्दै प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गरिरहेको स्पष्ट पारेका छन्।

उनले मौलिकता जोगाउन सके मात्र नेपालीपनको पहिचान सुरक्षित रहने विश्वास व्यक्त गर्दै माघे संक्रान्ति तथा माघ पर्वले आपसी सद्भाव, आत्मीयता, सहयोग र एकताको भावना थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com