काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई नेता नभई अभिनेता भएको टिप्पणी गरेका छन्।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले गगन थापाबाट आएको रवि लामिछानेसम्बन्धी अभिव्यक्तिले नै उनको भूमिकाको पुष्टि भएको दाबी गरे। “रवि लामिछानेका विषयमा गगन थापाबाट आएका भनाइले पछिल्लो राजनीतिक गतिविधिको वास्तविकता छर्लङ्ग पारेको छ,” उनले भने।

advertisement

बस्नेतले एमालेले माघ ४ गते काठमाडौंको भृकुटीमण्डपमा हजारौँ युवाको सहभागितामा विशेष निर्वाचन अभियान सुरु गर्न लागेको जानकारी पनि दिए। उक्त अभियान युवामुखी राजनीतिक सन्देशसहित अघि बढाइने उनले बताए।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिलाई खेलौनाजस्तो रूपमा लिएको आरोप लगाउँदै यसले देशको राजनीतिक स्थायित्वमा गम्भीर चुनौती सिर्जना गरेको दाबी गरे। बस्नेतले यो अवस्थालाई ‘डरलाग्दो’ भन्दै उनीहरू विदेशी शक्तिबाट परिचालित भएको आरोपसमेत लगाए।

त्यसैगरी, उनले नेपाली कांग्रेसको सम्भावित विभाजन लोकतन्त्रका लागि खतरा हुने टिप्पणी गर्दै एमालेले कुनै गठबन्धन गर्नुपरेमा संस्थापन पक्षसँगै हुने स्पष्ट पारे।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com