काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनबाट आएको परिणाम सबै सदस्यहरूको साझा उपलब्धि भएको बताएका छन्।
उनले बिहीबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरूमाथि भरोसा राख्ने सबैप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन्।
उनले लेखेका छन्,’नेपाली कांग्रेस पार्टीमा सार्थक परिवर्तनका लागि विशेष महाधिवेशनबाट आएको यो परिणाम हामी सबै सदस्यहरूको इमानदार प्रयत्नको साझा उपलब्धि हो। हामीमाथि भरोसा राख्नुहुने सबैप्रति कृतज्ञतासहित हार्दिक नमन। जय नेपाल!’
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया