काठमाडौं । नेपाली कांग्रेसका देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू निर्वाचन आयोग पुगेका छन्। देउवा नेतृत्वको समूहले पार्टीको आधिकारिकता आफ्नै पक्षमा रहेको दाबी गर्दै आयोगमा पत्र र आवश्यक कागजात बुझाएको हो।
खड्का हाल निर्वाचन आयोगका पदाधिकारीसँग छलफलमा छन् भने आयोग परिसरमा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। खड्कासँगै उपसभापति धनराज गुरुङ, नेताहरू डा. शशांक कोइराला, मीन विश्वकर्मा, नैनसिंह महरालगायत आयोग पुगेका छन्।
यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो।
दुवै पक्षले आफूलाई पार्टीको आधिकारिक पक्ष दाबी गर्दै कागजात बुझाएपछि निर्वाचन आयोगले ती दाबीहरूको अध्ययन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया