काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुर पार्टी सदस्य नै नरहेको बताएका छन् ।

निर्वाचन आयोगमा पुगेर शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिकता दाबी गर्दै खड्काले विधान अनुसार ५ वर्षको लागि साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको बताए ।

advertisement

उनले भने, ‘अब उहाँहरू तीनजना महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर नेपाली कांग्रेसको साधारण सदस्य पनि हुनुहुन्न । अरू कोही जिम्मेवारीको कुरै भएन । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले, कार्यसम्पादन समितिले गरेको निर्णय हो ।’

उनले सर्वसम्मत रूपमा वैशाखमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको समेत बताए ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com