काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा गोरखामा तोडफोड भएको छ। भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति परियारको गाडी तोडफोड गरेका हुन्।
परियारले गाडी तोडफोडको जानकारी जिल्ला प्रहरी कार्यालय गोरखालाई दिएका छन्। डीएसपी राजकुमार श्रेष्ठका अनुसार गाडी चउरमा रोकेर राखिएको अवस्थामा तोडफोड भएको हो र नियोजित समूहले सवारीमा सवार व्यक्तिलाई लक्षित गरेर तोडफोड गरेको होइन।
घटनाको क्रममा गाडीको पछाडिको सिसा फुटाइएको थियो। प्रहरीले गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन्।
घटना भएको दिन गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम पनि आयोजना गरिएको थियो।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया