काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। रास्वपा केन्द्रीय कार्यालय स्रोतका अनुसार राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्।
आज दिउँसो २ बजे सुरु हुने रास्वपाको केन्द्रीय समितिको बैठकमा प्रत्यक्षतर्फका प्रतिनिधिसभा सिटबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ। सोही बैठकमा सहभागी हुनका लागि बालेनले मेयर पदबाट अलग हुने निर्णय लिएको स्रोतको दाबी छ।
रास्वपा स्रोतका अनुसार बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा छन्। उक्त निर्वाचनमा उनी केपी शर्मा ओलीसँगै झापा पुगेर चुनावी प्रतिस्पर्धामा उत्रिने रणनीतिमा सहमति भइसकेको पनि बताइएको छ।
यसैबीच, पार्टीले बालेनलाई वरिष्ठ नेताका रूपमा अघि सार्दै भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने समझदारीसमेत गरिसकेको जनाइएको छ। बैठकअघि घण्टीघर क्षेत्रमा बालेनको भव्य स्वागतको तयारी भइरहेको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया