काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएपछि आफू अब साधारण नागरिक बनेको प्रतिक्रिया दिएका छन्।
आइतबार नगर प्रमुख पदबाट राजीनामा दिएलगत्तै उनले सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै अब आफू मेयरको भूमिकामा नरहेको स्पष्ट पारेका हुन्। साम्पाङले लेखेका छन्, ‘आजबाट म मेयर साप रहिनँ है ! म आजदेखि धराने जनता ! जय माटो ! जय देश !
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले उपमेयरसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए। उनको राजीनामा धरान उपमहानगरपालिकामा दर्ता भइसकेको छ।
स्वतन्त्र उम्मेदवारका रूपमा धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका साम्पाङले कार्यकाल पूरा हुनुअघि नै पद त्याग गर्दै संसदीय राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका हुन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया