काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) झापा जाने भएका छन्। जेन–जी आन्दोलनपछि उनी पहिलोपटक काठमाडौं उपत्यकाबाहिर जान लागेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा कार्यकर्तासँग छलफल गर्न ओली झापा जान लागेका हुन्। एमाले केन्द्रीय सदस्य निता घतानीका अनुसार उनी बिहान ११ बजे भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
जेन–जी आन्दोलनको अनुसन्धानका क्रममा सरकारले ओलीमाथि काठमाडौं उपत्यकाबाहिर नजान स्थानहद तोकेको थियो। तर, उक्त प्रतिबन्ध २१ पुसमा सरकारले हटाएपछि उनी बाहिर जान पाएका हुन्।
ओली आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्।

advertisement

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com