काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको प्रशासनलाई बताएका छन्।

advertisement

पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए। उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com