रुपन्देही । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावुक पत्र लेख्दै उनले पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्।

advertisement

उम्मेदवारी चयनप्रति असन्तुष्टि जनाउँदै शाहले पार्टी छाड्ने निर्णय गरेका हुन्। रुपन्देही–३ बाट वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट देखिएका थिए। यसअघि भएको उपनिर्वाचनमा समेत उनी उम्मेदवारका आकांक्षी थिए।

शाह कांग्रेस र मधेशवादी दलमा सक्रिय रहेपछि करिब ९ वर्षअघि केपी शर्मा ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए। तर पार्टीमा प्रवेश गरेयता आफूले कुनै उल्लेखनीय अवसर नपाएको उल्लेख उनले राजीनामा पत्रमा गरेका छन्। उपनिर्वाचनका लागि आकांक्षी बनेका अन्य नेताहरूमध्येबाटै उम्मेदवार छनोट भइरहँदा आफूलाई बेवास्ता गरिएको भन्दै पार्टीमा बसिरहनु उपयुक्त नभएको उनको भनाइ छ।

पार्टीभित्र अवसरवादी प्रवृत्ति हावी भएको आरोप लगाउँदै शाहले यस्तो अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको बताएका छन्। उनी २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् भने २०४३ सालदेखि विभिन्न निर्वाचनमा उम्मेदवार बन्दै आएका थिए। कांग्रेसबाट पटक–पटक पराजित भएका उनले एकपटक मधेशवादी दलबाट निर्वाचन जितेका थिए।

पूर्वप्रधानमन्त्री डा. केआई सिंहका तीन छोरामध्ये यज्ञजित शाह मात्र रुपन्देहीमा सक्रिय छन्। डा. केआई सिंहले रुपन्देहीबाटै विद्रोहको आन्दोलन सुरू गरेका थिए।

yagyajeet-singh uml leaves

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com