काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै सोनाम ल्होछारले नेपाली समाजलाई सांस्कृतिक विविधताको उज्यालो दिएको बताएका छन्।
“आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार हो। यो दिन तामाङ समुदायको नयाँ वर्षको दिनका रूपमा मनाइन्छ,” उनले भनेका छन्, “हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वको उज्यालो दिएको छ र आपसी एकतामा रहन सिकाएको छ।”
अध्यक्ष ओलीले तामाङ समुदायको जीवनदर्शन, भाषा, वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्यलाई सोनाम ल्होछार पर्वले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया