काठमाडौं। नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। बदलिएको राजनीतिक समीकरण र नयाँ पुस्तालाई अवसर दिनका लागि आफू निर्वाचन नलड्ने निर्णयमा पुगेको थापाले बताएका छन्।

थापाका अनुसार उनले यसअघि सोही क्षेत्रबाट तीन पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए, जसमा दुई पटक विजयी भएका थिए। “यसपटक नयाँ साथीहरूलाई अवसर दिनकै लागि म निर्वाचन नलड्ने निर्णयमा पुगेको हुँ,” उनले भने, “नेपाली कांग्रेसबाट आधिकारिक टिकट लिएर जो उम्मेदवार आउनुहुन्छ, उहाँलाई जिताउन म पूर्ण रूपमा सहयोग गर्छु।”

advertisement

थापाको यो निर्णयपछि सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया देखिएको छ। कांग्रेस कार्यकर्ताहरूले स्याङ्जा–१ मा थापा नै उम्मेदवार हुनुपर्ने र उनी बाहेक अन्य उम्मेदवारलाई निर्वाचन जित्न कठिन हुने धारणा सार्वजनिक गरिरहेका छन्।

यता, थापाले आफ्नो निर्णयबाट आम स्याङ्जाली नेता तथा कार्यकर्ताहरू विचलित नहुन आग्रह गर्दै नेपाली कांग्रेसलाई जिताउन एकजुट हुन अपिल गरेका छन्। उनले २०७० सालमा भएको संविधानसभा निर्वाचनमार्फत स्याङ्जा क्षेत्र नम्बर १ बाट पहिलोपटक कांग्रेसलाई विजय दिलाएका थिए।

लामो समयसम्म नेकपा एमालेले एकलौटी  जित हाँसिल गर्दै आएको स्याङ्जा–१ मा एमालेको विजय यात्रामा ब्रेक लगाएका कारण थापा स्याङ्जाको राजनीतिमा प्रभावशाली र चर्चित नेताका रूपमा स्थापित भएका थिए।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com