काठमाडौं। नेपाली कांग्रेसका नेता डा. अबुल हुसेन अन्सारीले पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन्। उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै पाएका दाबी गरेका छन्।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले पार्टीभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरे।

advertisement

सार्वजनिक स्टाटसमार्फत उनले जीवनको ऊर्जाशील समय कांग्रेसमै खर्चिएको र राजनीतिका उतार-चढाव त्यहीं पार गरेको उल्लेख गरेका छन्। तर पछिल्लो समय कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाका सिद्धान्त बिर्सँदै गएको अनुभूति भएपछि ठूलो दुःख र भारी मनका साथ पार्टी छाड्न बाध्य भएको अन्सारीले बताए।

सुनसरीमा बाहिरबाट आउने आगन्तुकलाई नेता मान्ने प्रवृत्ति हावी रहेको र स्थानीय योगदानको उचित मूल्याङ्कन कहिल्यै नभएको गुनासो उनले व्यक्त गरे। यही कारणले आगामी निर्वाचनमा उनले एमालेमा प्रवेश गरी सुनसरी–४ बाट चुनाव लड्ने निर्णय गरेका हुन्।

डा. अन्सारीले एमालेले आफूलाई सम्मानसाथ पार्टीमा स्वागत गरेको र विश्वास व्यक्त गरेको भन्दै एमालेको भरोसा र जनताको आशा कहिल्यै मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com