काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका टिप्पणी नगर्न नेतृत्वलाई सुझाव दिएका छन्। उनले यो अभिव्यक्ति अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरण सम्बन्धमा दिएको टिप्पणीलाई लक्षित गर्दै दिएका हुन्।

पाण्डेले भने– “निर्वाचनको संवेदनशील समयमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो। नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा दिनुपर्छ। आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नेभन्दा संस्थागत निर्णय र सामूहिक विचारको आधारमा बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो।”

advertisement

उनी थप्छन्– “हामीले पार्टी हितका लागि टिकट वितरणको निर्णय स्वीकार गर्‍यौं, तर पूर्वाग्रही टिप्पणीले हाम्रो साझा उद्देश्य, एमालेलाई जिताउने सङ्कल्प, कमजोर बनाउँछ। वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमालेका सदस्य हुन्। मैले टिप्पणीको व्यर्थ खण्डनमा समय खर्च नगरी अहिले उम्मेदवारहरूलाई जिताउन र सङ्गठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिसकेको छु।”

योअघि अध्यक्ष ओलीले एमालेका केही प्रभावशाली नेतालाई जित सुनिश्चित नभएको कारण टिकट नदिएको टिप्पणी गरेका थिए।

प्रकाशित मिति: १० माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com