काठमाडौं ।  नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्न लागेको मधेश क्षेत्रीय चुनावी सभा स्थगित भएको छ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार, निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले सभा स्थगित गर्ने निर्णय गरिएको हो।

advertisement

उनले थपे कि आगामी सभा मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ। गुप्ताले नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्था प्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेको पनि बताएका छन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com