काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेन साहले त्यसको कडा शब्दमा अस्वीकार गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले ‘देश जलाउने र बनाउने बीच बहस हुनुपर्छ’ भन्दै दिएको प्रस्तावप्रति प्रतिक्रिया जनाउँदै बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका हुन्। उनले ७६ जना बालबालिकाको हत्यासँग जोडिएको घटनालाई उल्लेख गर्दै हत्यारा र त्यसका मतियारसँग एउटै मञ्चमा बसे आफू पनि त्यसमा सामेल भएको अर्थ लाग्ने बताएका छन्।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।” उनले उक्त घटनापछि आतङ्कवाद लुकाउन देश जलाइएको आरोपसमेत लगाएका छन्।
ओलीको पब्लिक डिबेट प्रस्ताव र त्यसप्रति बालेन साहको तीव्र प्रतिक्रियाले राजनीतिक वृत्तमा नयाँ बहस र विवादलाई चर्काएको छ।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार












प्रतिक्रिया