काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति: ११ माघ २०८२, आइतबार













प्रतिक्रिया