भक्तपुर । भक्तपुरको कमलविनायक बसपार्क नजिकै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादुर खड्का का अनुसार, कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२० प।११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो। त्यसपछि त्यहाँबाट आउँदै गरेको प्रदेश ३–०१–००३ क। ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको जानकारी प्रहरीले दिएको छ।
यो दुर्घटनामा स्कुटर चालक २६ वर्षीय बिमल वनमाला, भक्तपुर नगरपालिका–८ निवासी, गम्भीर घाइते भएका थिए। उनलाई भक्तपुर अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय राजेश वनमाला, भक्तपुर नगरपालिका–७ इनाचोक निवासी, ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुर्घटनापछि फरार भएका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझी लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। साथै, दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरी वृत्त जगातीमा राखिएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया