काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् ।

advertisement

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीयरुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गगठन गरेको छ ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com