काठमाडौं ।  तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षा भइरहेको छ। त्यस्तै, कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ।

सोमबार तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

advertisement

मंगलबार देशका सबै हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रहरूमा चिसो बढ्न सक्ने र दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com