काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम, सुदृढ र जनअपेक्षाअनुसारको प्रहरी संगठन निर्माणका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन्।

नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को उद्घाटन गर्दै गृहमन्त्री अर्यालले जेनजी प्रदर्शनलगायत कारणले भौतिक तथा मानसिक रूपमा दबाबमा रहेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गरे। सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्न गृह मन्त्रालयको पूर्ण साथ रहने उनको भनाइ छ। प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्यामाथि सम्मेलनमा गहन छलफल हुने उनले बताए।

advertisement

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको विकाससँगै अपराधका स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध तथा अन्तरराष्ट्रिय अपराध नियन्त्रणमा रणनीतिक सम्मेलन उपयोगी हुने बताए। समाज जटिल बन्दै गएकाले अपराध नियन्त्रणका लागि विषयविज्ञको सुझाव आवश्यक रहेको उनले स्पष्ट पारे।

दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा देखिने विभिन्न किसिमका अपराध र तिनको नियन्त्रणका उपायबारे विस्तृत छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com