काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिने भएको छ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार रिहा प्रक्रिया अघि बढाइएको छ। प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरिएको थियो।

advertisement

माघको पहिलो साता पनि उनी हाजिरी जमानीमा रिहा भइसकेका थिए। यसअघि उनी नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध आर्थिक चलखेलको भ्रम फैलाएको आरोपमा पक्राउ परेका थिए। आयोगले उनलाई कारबाहीका लागि साइबर ब्युरोलाई पत्रचार गरेको थियो।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com