काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता कमल थापाले देशमा राजसंस्था आवश्यक रहेको धारणा आम मतदातामाझ बलियो बन्दै गएको दाबी गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवारसमेत रहेका थापाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अधिकांश मतदाताले मुलुकमा राजा अपरिहार्य भएको भावना व्यक्त गरिरहेको बताए। उनका अनुसार यो सोच केवल बुढापाकामा सीमित नभई युवापुस्तामाझ अझ बढी देखिन थालेको छ।

advertisement

थापाले युवाहरूले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाप्रति चासो देखाइरहेको उल्लेख गर्दै भ्रष्टाचारमा संलग्न नेता र दललाई मतदान नगर्न आम नागरिकलाई आग्रह गर्न पार्टीका सबै तहका नेता–कार्यकर्तालाई अपिल गरे।

उनले भ्रष्टाचार अन्त्यका लागि जनताको घर–घरमा पुगेर राप्रपालाई मत दिन आग्रह गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com