काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रमका क्रममा नेकपा एमालेको झापा–दमक ३ मा रहेको पार्टी कार्यालय पुगेका छन्।

कार्यालय पुगेर उनले त्यहाँ उपस्थित एमालेका नेता तथा कार्यकर्तासँग हात मिलाउँदै भोट मागेका थिए। बालेन शाह एमालेको कार्यालयमा पुगेपछि उनका समर्थकहरूले हुटिङ गरेका थिए।

advertisement

आजै दमक पुगेका बालेनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत विभिन्न टोल तथा चोक–बजारमा स्थानीयसँग छलफल गरिरहेका छन्। उनले आज दमक नगरपालिका वडा नं. ७, १, २ र ३ लाई समेटेर नागरिक भेटघाट कार्यक्रम तय गरेका छन्।

कार्यक्रमअनुसार पशुहाट (लेखनाथ चोक, वडा ७), सिर्पाली चोक (नमुना बस्ती), बरगाछी, दुर्गा मन्दिर, हिमालय माध्यमिक विद्यालय अगाडि (पाङ्गिनी चोक सम्पर्क कार्यालय), शिवालय मन्दिर दर्शन, आम चोक, बेलडाँगी–२ चोक, लालीगुराँस चोक, गोलाटार चोक, ढुकुरपानी चोक, धिमाल बस्ती (महाराजस्थान) र डिपु चोकमा भेटघाट कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com