काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादको आडमा विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा स्टन्ट गरेर मात्र राजनीति गर्न खोज्नेहरूसँग ठोस योजना र एजेन्डा नभएको स्पष्ट पारे। विश्वका विभिन्न देशमा पपुलिजममार्फत लोकतन्त्र र समाजवादविरुद्ध आक्रमण भइरहेको उल्लेख गर्दै नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय प्रवृत्ति दोहोर्याउने भूराजनीतिक चलखेल भइरहेको उनको भनाइ छ।

advertisement

प्रचण्डले यस्तो अवस्थाको प्रतिवाद गर्न नयाँ संकल्प, नयाँ समीक्षा र राष्ट्र तथा जनताको पक्षमा उभिने शक्ति आवश्यक रहेको बताए। त्यही उद्देश्यका लागि नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको उनको दाबी छ।

उनले गणतन्त्र, संघीयता र सामाजिक न्यायजस्ता एजेन्डा अहिले पनि नयाँ र सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व नेकपाले नै गरिरहेको जिकिर गरे।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com