काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले चुनावी अभियानअन्तर्गत विभिन्न जिल्लामा जनसम्पर्क कार्यक्रमलाई तीव्र बनाएका छन्।

पार्टीले सार्वजनिक गरेको तालिका अनुसार सभापति लामिछानेले सोमबार रुपन्देहीका विभिन्न स्थानमा जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम सञ्चालन गर्दैछन्। उनले देवदह, ओमसतिया, रोहिणी, सिद्धार्थनगर, शुद्धोदन, बुटवल, सैनामैना, कञ्चनपुर, गैडहवा र लुम्बिनीलगायत क्षेत्रका चोक तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ। यद्यपि लामिछानेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी भने चितवन–२ बाट दिएका छन्।

advertisement

यसैगरी वरिष्ठ नेता बालेन शाहले आज झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिकाका विभिन्न स्थानमा नागरिक भेटघाट कार्यक्रम गर्दै छन्। शाहको सचिवालयका अनुसार बिहान ७:३० बजेदेखि सुरु हुने कार्यक्रममा सानो केर्खा चोकदेखि भुत्लुङ स्कुल अगाडिसम्म १५ स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यतालिका तय गरिएको छ।

शाहले यसअघि पनि विभिन्न जिल्लामा नागरिक भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन्।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com