काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आज बाँके जिल्लाको कार्यक्रममा पुग्ने भएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति शर्मा आज बिहान ११ बजे बाँकेका पार्टीका सबै उम्मेदवारसहितको जिल्ला स्तरीय वृहत भेलामा सहभागि हुनेछन् ।

advertisement

शर्माले बाँकेसहित बर्दिया, दाङ, रूपन्देही र पाल्पा गरी पाँच जिल्लामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।

उपसभापति शर्मा माघ २८ गते दाङ, माघ २९ गते रूपन्देही र फागुन १ गते पाल्ला जिल्ला स्तरीय वृहत भेलामा पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com