काठमाडौं । काठमाडौंको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटर पछाडि सवार महिलाको ज्यान गएको छ।

मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा दुर्घटना हुँदा ४६ वर्षीय रोशना दुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।

advertisement

मुलपानीबाट दुवाकोटतर्फ जाँदै गरेको बा.३ ख ३९५४ नम्बरको ट्यांकरले ठक्कर दिँदा घाइते भएकी रोशनाको उपचारको क्रममा ज्यान गएको हो।

स्कुटर चालक २३ वर्षीया निलिसा दुवाल घाइते भएकी छन्। प्रहरीले ट्यांकर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाबिर तामाङलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com