काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, राजनीतिक पदाधिकारीहरूको कार्यसंस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन गर्छ।

लोकतन्त्रको सुदृढीकरण हाम्रो प्रमुख चाहना भएको उल्लेख गर्दै उनले भने, भर्खरै युवा पुस्ताले पनि त्यही चाहना प्रकट गरेका छन् भन्ने कुरा हामीले नबिर्सौँ। सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घर–घरमा पुर्‍याउन नसकिने उनले बताए। उनले भने, “समृद्धि हासिल गर्ने अनिवार्य सर्त नै भ्रष्टाचार नियन्त्रण हो।”

advertisement

सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ,राष्ट्रपति पौडेलले भने, जब सार्वजनिक शक्ति व्यक्तिको स्वार्थमा प्रयोग गरिन्छ, त्यसबाट जनताले राज्यप्रति राखेको भरोसामा आघात पुग्छ।

अख्तियारको दुरुपयोग सामान्य त्रुटि मात्र नभई सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको उनले बताए। उनले भने, भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन, संयुक्त प्रतिबद्धताबाट मात्र यो सम्भव हुन्छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com