झापा । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन्। प्रारम्भिक योजना अनुसार उनी बुद्ध एयरको नियमित उडानबाट काठमाडौँ फर्किने कार्यक्रम थियो। तर प्रतिकूल मौसमका कारण हवाई उडान ढिलो हुने सम्भावना देखिएपछि उनले कैलाश एयरको हेलिकोप्टर प्रयोग गरी काठमाडौँ जाने निर्णय लिएका हुन्।

सुरक्षा स्रोतका अनुसार शाह मध्यान्ह १२ बजे झापाबाट उडेका हुन्। करिब १ घण्टा १० मिनेटको उडानपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

advertisement

यसैबीच, राजावादी समूहहरूले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उनको स्वागतका लागि समर्थकहरू भेला गर्ने तयारी गरेका छन्। सम्भावित भीड र प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि हुन सक्ने अनुमान गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको जनाएको छ। विमानस्थल क्षेत्र र आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com