काठमाडाैं । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पूर्व मेयर उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार बनेका ७४ वर्षीय खत्रीले उक्त पार्टी परित्याग गर्दै कांग्रेस रोजेका हुन्। कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माका अनुसार मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा उनलाई पार्टीमा स्वागत गरिएको हो।

advertisement

प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाह ले खत्रीलाई टीका तथा खादा लगाएर पार्टीमा भित्र्याएका थिए।

चौरजहारी नगरपालिका–७ नार्जी खत्रीगाउँ निवासी खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्। उनले देशमा लोकतन्त्रको सुदृढीकरण, विकास र स्थायित्वका लागि नेपाली कांग्रेस सक्षम शक्ति रहेको निष्कर्षमा पुगेको बताए।

साथै उनले भ्रष्टाचारविरुद्ध सक्रिय रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउँदै विगतमा सत्तामा रहँदा भएका अनियमितताहरूको छानबिन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com