काठमाडौं। सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोलसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
इटालिमा बनेको पेस्तोल र सोको तीनराउण्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत-४ बस्ने ३६ वर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका-३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३ सय ८०, र मोटरसाइकल समेत बरामद भएको छ। नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामाग्री सहित आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमा नाकामा कडाइ गर्न डिआइजी मनिष थापाको निर्देशन
यसै बिच निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिएसँगै सीमा नाकामा चेकजाँच लाई तीव्रता दिइएको छ। सोही क्रममा हतियार सहित ब्यक्ती नियन्त्रणमा लिन सफलता मिलेको हो।
डिआइजी थापाले इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका सीमा नाका को स्थलगत अनुगमन गर्नुहुँदै सीमा बाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाइ निर्देशन दिएका छन्।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया