काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ की ७१ वर्षीया लक्ष्मी जोशी मृत फेला परेको घटनाबारे अनुसन्धानका क्रममा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टले अनुसन्धानका क्रममा घटनामा संलग्न भएको खुलेपछि दार्चुला शैल्यशिखर नगरपालिका–९का २४ वर्षीय उमेश साउद र बैतडी जिल्ला डिलासैनी गाउँपालिका–५ का गोपाल नाथलाई पक्राउ गरिएको जानकारी दिए ।

advertisement

मृतकको साथबाट लुटिएको सुनजस्तो देखिने दुई थान कानको मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली निजहरूबाट बरामद गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । गत माघ २७ गते सोही वडाको देवल भन्ने स्थानमा वृद्ध महिलाको शव फेला परेको थियो ।

रासस

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com