काठमाडौ । प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार आयोजित कार्यक्रममा पार्टीको संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार, संकल्प पत्र आज दिउँसो सवा एक बजे सार्वजनिक गरिनेछ। कार्यक्रम पार्टी कार्यालयमा तय गरिएको छ। निर्वाचन आयोगले सबै राजनीतिक दललाई ३ फागुनभित्र आफ्नो चुनावी घोषणापत्र उपलब्ध गराउन आग्रह गरेको छ र यसअनुरूप दलहरूले क्रमशः घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
हालसम्म कांग्रेस, एमाले र रास्वपा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न बाँकी छन्। कांग्रेसले भोलि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया