काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै सम्बन्धित कम्पनी तथा आपूर्तिकर्ताहरूको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएको जनाइएको छ।
सूचनाअनुसार कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
कार्यालयले जारी गरेको विस्तृत सूचना यस प्रकार छ:


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया