काठमाडौं। राजधानीमा दिनदहाडै घर फुटाएर ठूलो परिमाणमा चोरी गरिएको घटना सार्वजनिक भएको छ।
प्रहरी परिसर काठमाडौँ का अनुसार काठमाडौँ महानगरपालिका–२६ सरकारी धारा नजिकै डेरा गरी बस्दै आएकी बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसो चोरी भएको हो।
ढोका फोडेर भित्र प्रवेश गरेका अज्ञात व्यक्तिहरूले सुन तथा चाँदीका गरगहना र नगदसमेत गरी करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।
घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया