काठमाडौं । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले १८औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ।

advertisement

नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन्।

तर शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने पनि सूचनामा स्पष्ट पारिएको छ।

नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com